काठमाण्डौ । सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चुनावी खर्च विवरण नबुझाएकोमा तत्काल जरिबाना असुल नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,
विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले शाहसँग जरिबाना नलिन निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो ।
निर्वाचन आयोगले शाहसहित एक लाख २३ हजार छ सय २४ जनालाई जरिबाना अशुल गर्ने निर्णय गरेकोमा शााहले सर्वोच्चमा निवेदन दिएका थिए । गएको मङ्सिरमा चुनाव सम्पन्न भएको ३० दिनभित्र आयोगमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिबाना तोक्दै
छ महिनाभित्र तिर्न निर्वाचन आयोगले ुअल्टिमेटमु दिएको थियो । आयोगले काठमाण्डौका मेयर शाहलाई पाँच लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो ।






