चितवन । चितवनमा किसानद्वारा भारतबाट आयातित तरकारीले बजार पायो भन्दै सडकमा तरकारी फालेर प्रदर्शन गरिएको छ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध गरेका हुन् । उनीहरुले आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै तरकारी फालेका हुन् ।
गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै सबै थरिका तरकारी फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ ।
चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् ।






