काठमाण्डौ । काठमाण्डौका मेयर बालेन्द्र शाह यतिबेला सामाजिक सञ्जालमा आफ्ना विरुद्धमा लेख्नेहरुसंग जुुहारी खेल्नमै व्यस्त देखिन्छन् । आफुलाई चित्त नबुझेको कुरामा तत्काल बोली फर्काई हाल्ने स्वभावका कारण पनि उनले पछिल्लो समय धेरै दिनदेखि जुन सुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेका छन् ।
केही दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको आफ्नो आधिकारिक फेसबुुक पेजमा पोष्ट गरेको स्टेटस्मा आफ्ना प्रतिकृया दिएर आलोचना खेपी रहेका छन् ।
हाँस्य कलाकार गिरीले बालेनहरु भन्दै स्टाटस लेखेका थिए । मेयर बालेनले सोही बालेनहरु भन्ने शब्द माथि नै प्रतिकृया दिएर आलोचना खेपि रहेका छन् । उनले बालेनहरु भनेको कतिजना छन् ? के बालेनहरु अरु ३, ४ जना छन् र ? भन्ने प्रश्न गर्दै कलाकार गीरीलाई उल्टै प्रश्न गरेका छन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’






