काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाहरूले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् ।
अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनु पर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्तै १५ दिन भित्र कार्यविधिले तोकेको मापदण्ड पुरा गरी विभागलाई जानकारी गराउन पनि सबै अभिमुखीकरण तालिम प्रदायकहरूलाई विभागले सूचित गरेको छ । उज्यालो






