काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् । आज सोमबार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुगेका थिए । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छोडेर गएका थिए । यही मङ्सिर ४ गते भएको चुनावमा माओबादी र कांग्रेसबीच भएको गठबन्धनबाट प्रचण्डले चुनाव जितेका थिए ।
तर सरकारको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओबादीले एमालेसँग नयाँ समीकरण बनाएको हो ।






