काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बसेका छन् । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिएको यो पहिलो तस्वीर हो । बसाई संगै भएतापनि मुहारमा एकअर्काप्रति टसनको भाव झल्कन्छ ।
माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजबादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो । एकअर्कालाई देखि खान नै नसक्ने यी दुई कम्यूनिष्ट नेता एवं दुवैजना पार्टी अध्यक्ष आज एकै साथ बसेको देखिएपछि सामाजिक सञ्जालमा धेरैले धेरै थरी नै टिप्पणी र व्यंग्य गरिरहेका छन् ।
बसाई संगसंगै भएतापनि दुुबैको अनुहारमा भने एकअर्काप्रति कुनैपनि प्रकारको सदभाव देखिंदैन । दुबै जना नै एकअर्कासंग रिसाएको भाव तस्वीरमा प्रष्टै देखिन्छ । दुबै नेताको पल्लो छेऊमा बाबुराम भट्टराई पनि बसेका छन् । उनको बसाई त झन ओली र माधव दुबै प्रति नै दिक्क मानेर बसेको जस्तो देखिन्छ । तस्वीर हेर्दा लाग्छ कि उनले आफ्नो छेऊमा अध्यक्ष द्धए ओली र नेपल बसेका छन् भन्ने पनि थाहा पाएका छैनन् ।






