रुपनी जि.एम, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओबादीले गठबन्धन तोडेको विषयलाई खेलसंग तुलाना गरेका छन् । उनले एक कार्यक्रममा पत्रकारलाई जवाफ दिंदै नेपाली कांग्रेस र माओबादीको गठबन्धन कुनै जस्तै भएको प्रतिकृया दिएका छन् । महामन्त्री थापाले उक्त खेलमा प्रचण्डले आफुहरुलाई हराईदिएको समेत बताएका छन् ।
उनले भने,‘हिजो घटना हाम्रालागि कुनै एउटा खेल जस्तै भएको छ । ९९ मा पुगी सकेपछि एउटा नाग हुन्छ १०० पुग्नलाई । खेल्दै खेल्दै गएको ९९ मा पुगेपछि सट्ट एकै चोटी तल झरेको जस्तो भएको छ ।’ नेकपा माओबादी पार्टीका अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले देउवाको साथ छाडेर नेकपा एमाले अध्यक्ष केपी ओलीको साथमा गठबन्धन गरेर आलोपालोको प्रधानमन्त्री बन्ने सर्तमा नवनियुक्त प्रधानमन्त्री बनेपछि थापाले आफ्नो व्यक्तिगत अनुभवलाई यसरी सुनाएका छन्,‘म नढाँटिकनै भन्छु ।
म यहाँ १० बजे आउने मेरो योजना थियो । म बिहान ६ बजेबाट आफ्नो टेलिफो अन मोडमै रोखेर पुरै समय मेरो पार्टी सभापतिको कल मलाई कति खेर आउँछ भनेर कुरेर बसें । म नेपाली कांग्रेसको महामन्त्री हुँ । म अहिले सांसद पनि हूँ । मैले समाचारमा के पढें भने मेरो सभापतिले पार्टीसंग छलफल गर्छु र त्यसपछि गठबन्धनको विषयमा अन्तिम निर्णय गर्छु ।
त्यो पार्टी भित्र त मपनि पर्छु । अनिवार्य पर्छु । त्यसकारणले गर्दा खेरी मलाई पार्टी सभापतिद्धारा गरिने भनिएको छलफलमा बोलाईन्छ भनेर नै मैले मेरो फोनलाई अन मोडमा राखि राखेको थिएँ । तर मलाई उहाँले कुनै कल नै गर्नु भएन । मैले उहाँको फोन पर्खि रहें तर मलाई उहाँको कुनै पनि कल आएन । मैले नढाँटेरै भन्ने हो भने म पोखरा आउँदै गर्दा निकै नै अपमानित भएर आएको आएको हो । यो कुरा मैले जे महसुस गरें मैले त्यही नै शेयर गरेको हो ।’
महामन्त्री थापाले माओबादीबाट पाएको धोकाले नेपाली कांग्रेसलाई एउटा पाठ सिकाएको पनि बताए । उनले माओबादीसंगको गठबन्धन केवल एउटा हार जीतको प्रकरण भएको र त्यो सकिएको बताउँदै नेपाली कांग्रेस फेरी आफ्नो बलमा उठ्ने विश्वास व्यक्त समेत गरे । उनले भने,‘यस पटक हामीलाई हराईएको छ ।
केही छैन माओबादीसंगको हाम्रो गठबन्धन एउटा खेल भयो । जस्मा हामीले हार बेहोरेका छौं तर मलाई विश्वास छ हामी आफ्नै बलमा र हाम्रो आफ्नै एकतामा अवश्य उठ्ने छौं । यसलाई हामीले सबैले फेरी एक पटक एउटा गौरवको पार्टी बनाउने छौं, शुद्ध पार्टी बनाउने छौं । मेरो अबको प्रयास पनि यही नै रहनेछ ।’






