काठमाण्डौ । नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले नवनियुुक्त प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्डलाई) नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीका लागि समर्थन नगर्नु भनेको अध्यक्ष नेपालद्धारा फेरी अर्को ऐतिहासिक भूल भएको बताएका छन् । नेता गौतमले नेकपा एमालेबाट बिद्रोह गरेर एकिकृत समाजबादी बनाउँदा पनि माधव नेपालले भूल गरेको बताउँदै नेकपा माओबादीसंग गठबन्धनमा रहेकै बेलापनि प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन नगर्नु भनेको अध्यक्ष नेपालले बाट अर्को एउटा ऐतिहासिक भूल भएको बताएका हुन् ।
गौतमले भने,‘त्यसबेला उहाँले नेकपा एमालेमा विद्रोह गरेर एकिकृत समाजबादि बनाउनु हुन्थेन । जब उहाँले कार्यदल बनाएर कार्यदलले दिएको रिर्पोट केपीले स्वीकार गर्ने र उहाँले अस्वीकार गरेर उहाँ पार्टी विभाजन गर्न तर्फ लाग्नुु भयो । त्यो गर्नुु नै उहाँले गल्ती गरि सक्नु भएको थियो । र आजपनि अध्यक्ष प्रचण्डलाई समर्थन गर्नु भएको छैन, आउनु भएको छैन भने अर्को एउटा ऐतिहासिक भूल गर्नु भएको हो । माधव नेपालले त्यसो गर्नु हुदैनथ्यो ।’
आफुसंग कुैनैपनि प्रकारको सल्लाह नगरेकै कारणले माधव नेपालले प्रधानमन्त्रीकालागि प्रचण्डलाई समर्थन नगरेको भनाई प्रति एकता अभियानका संयोजन गौतम भन्छन्,‘यदि उहाँ असल कम्यूनिष्ट हो भने सल्लाह नै नगरेको विषयलाई लिएर अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि समर्थन नगरेर यत्ति ठूुलो भूल गर्न सुहाउँदैन । उहाँ त खुशी हुनु पर्ने हो । मसंग पनि त प्रचण्डले सल्लाह लिनु भएन नि । तर म त खुशी छु । बोली रहेकै छु । प्रचण्ड र ओलीको मिलनप्रति म त निकै नै खुशी छु । माधव नेपाल पनि हुन सक्नु पथ्र्यो ।’






