बाँके, नेपालगञ्ज । ‘कुनैपनि घटनामा महिला र पुरुष दुबैको सहभागीता हुन्छ तर त्यस्को पीडा र चोटको भागिदार केवल महिला नै भई रहेका हुन्छन् ।’ यो भनाई हो राष्ट्रिय मानव अधिकार आयोग बाँकेका प्रमुख द्ध्वारीका अधिकारीको । राष्ट्रिया मानव अधिकार आयोग नेपालगञ्जले बुधबार आयोजना गरेको ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैगींक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा बाँकेका सरोकारावालाहरुसंग गरिएको अन्तरकृयामा अधिकारीले विभेदपुर्ण हिंसाको कुनैपनि घटनाहरुमा महिला र पुरुष दुबैको समान सहभागिता भएता पनि पीडित सधैं महिला नै हुने गरेको बताईन् ।
उनले महिला माथि हुने सबै खाले विभेद र व्यहारहरुको अन्त्य गर्न सबैको सहकार्यको आवश्यकता रहेको बताईन् । कार्यक्रममा द्धन्द्धपिडित महिला राष्ट्रिय सञ्जाल केन्द्रिय कोषाध्यक्ष चन्द्रकला उप्रेतीले महिला हिंसाका विषयमा जति नै चेतना मुलक कार्यक्रम गरेतापनि घटना बढ्ने क्रममा भने उत्तिकै जारी रहेको बताउँदै महिला विरुद्धको १६ दिने अभियानलाई वर्ष भरी नै मनाउन सुझाव दिईन् । उनले महिलाहरु माथि भएका र हुने गरेका सबै खालका हिंसालाई अन्त्य गर्न सबै एक जुट हुनु पर्नेमा जोड दिईन् ।
फियान नेपालका प्र्रमुख सुरेश गौतमले नेपालमा अहिलेपनि पितृसतात्मक सोंचका कारणले महिलामाथि हिंसा हुँदै आएतापनि यस्ता खालका घटनाहरु बलियाले निर्धामाथि घटाउने भएको हुनाले महिलासंगै पुरुष र समाजमा रहेका तेश्रो लिंगीहरुमाथि पनि घटनाहरु घट्ने गर्दछन् । गौतमको भनाई अनुसार महिला माथि हुने हिंसा संगै सबैमाथि हुने हिंसाको अन्त्यकालागि सबै एक जुट हुन आवश्यक रहेको बताए । त्यसैगरी अन्तरकृयामा सहभागि नील सागर सेवा आश्रमका सरिता खनालले कुनैपनि घटानको अनुसान्धन सतही स्तरबाट नै हुनु पर्नेमा जोड दिईन् ।
उनले सचेतनामुलक कार्यक्रम बजार केन्द्रित हुनु भन्दा गाउँगाउँमा केन्द्रित हुन आवश्यक रहेको बताईन् । साथै उनले पिडितको कुरा सुन्नु भन्दापनि पिडितलाई र पिडित हुने सम्भावना भएका बालिका र महिलाहरुलाई आत्मानिभर्रताको कुरा सुनाउन आवश्यक रहेको बताईन् । उनी भन्छिन्,‘पिडितलाई आश्वासन हैन आत्मनिर्भरताको कथा सुनाउन आवश्यक छ । उत्प्रेरणाका कुरा सुनाएर अन्तर मनदेखि नै बलियो बनाउन आवश्यक छ ।’उनको भनाई अनुसार महिला मात्रै पिडित नभएर पुरुष पनि पिडित भएको बताउँदै समाजमा घटना घटाउने सबै खालका कारकको अन्त्य गर्न आवश्यक रहेको बताईन् ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत सरस्वती मल्लले घटनाको अनुसन्धान सुक्षम तरिकाले हुनु पर्ने बताईन् । कार्यक्रममा बाँकेका सरोकारवालाहरु, सम्बन्धित पक्ष, पिडित र पत्रकारहरुको सहभागिता रहेको थियो भने राष्ट्रिय मानव अधिकार आयोग बाँकेका प्रमुख द्ध्वारीका अधिकारी स्वयमले कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिईन् ।






