काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेसँगै भ्रष्टहरुबारे सूचना मागेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको लामिछाने नेतृत्वको पार्टीले चितवनस्थित विभिन्न स्थानमा गरिने धन्यबाद सभामा सुझाव माग्न बाक्सा नै राखिएको जानकारी दिँदै भ्रष्टाचारबारे सूचना माग गरेका हुन् ।
‘मेरो सभा हुने ठाउँहरूमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनुहोला । अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला’, लामिछानेले भनेका छन् ।






