बर्दिया । बर्दिया क्षेत्र नम्बर १ (१) को प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार भुवनेश्वर चौधरी विजयी भएका छन् । चौधरीले नेकपा एमालेका सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार रहेका नेपाली कांग्रेसका चौधरीले १७ हजार २६ मत प्राप्त गरेर एमालेका उमेदवार सालिकराम अधिकारीलाई पराजय गरेका छन् । अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन् ।
त्सैगरी नागरिक उन्मुक्ती पार्टीका खेमबहादुर थारुले ११ हजार ९ सय १ मत पाएका छन् । निर्वाचित चौधरी ०७४ मा कांग्रेसबाट समानुपातिक प्रदेश सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी साविक मैनापोखर गाविसका अध्यक्ष थिए ।






