रौतहट । रौतहट क्षेत्र नम्बर १ मा ५ हजार १ मतान्तरसहित एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । पछिल्लो मत गणनाअनुसार नेपालले २३ हजार ८ सय ४० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १८ हजार ८ सय ३९ मतसहित पछ्याइ रहेका छन् ।
यस्तै रौतहट क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता बनाएका छन् । उनी नेपाली कांग्रेसका फरदोस आलमभन्दा १५ सय ३२ मतले अघि छन् । साहले १३ हजार ७८० मत पाउनुभएको छ भने कांग्रेसका आलमको १२ हजार २४८ मत रहेको छ । यस्तै रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन् । अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालभन्दा प्रभु साह २२ सय ८८ मतले अघि छन् ।
साहले १३ हजार १ सय ५३ मत प्राप्त गरेका छन् भने जयसवालको १० हजार ८ सय ६५ मत रहेको छ । रौतहट ४ मा भने नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनाले अग्रता कायम राखेका छन् । उनी २० हजार ३१ मतान्तरसहित एमाले उम्मेदवार उद्धव रेग्मीभन्दा अघि छन् । तिमिल्सिनाले १९ हजार ७४ मत पाउनुभएको छ भने रेग्मीले १७ हजार ४३ मत पाएका छन् ।






