ताप्लेजुङ । प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट नेकपा एमालेका योगेश कुमार भटराई विजयी भएका छन् । उनी दोश्रो पटक विजयी भएका हुन् । उनले माओबादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री लाई २०८ मतले पाजित गर्दै विजयी भएका हुन् ।
भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धीका रुपमा रहेका बुढा क्षेत्रीले भने २१ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए ।






