काठमाण्डौ । नेकपा समाजबादीका सचिव राम कुमारी झाँक्रिले राजनैतिक संस्कार देखाएकी छिन् । उनले एमालेका गोकर्ण विष्टलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएर राजनैतिक संस्कार देखाएकी हुन् ।
उनले सामाजिक सञ्जाल अन्तर्गत आफ्नो आधिकारीक फेसबुकमा आफ्ना प्रतिस्पर्धी विष्टलाई निर्वाचन जीतेको उपलक्ष्यमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन् । उनले यो निर्वाचन आफ्नालागि लागि अत्यन्तै रोमान्चक र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा कम नभएको लेखेकी छिन् ।
उनले यो निर्वाचन आफ्नालागि लागि अत्यन्तै रोमान्चक र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा कम नभएको लेखेकी छिन् । झाक्रिले जय र पराजय सामान्य प्रक्रिया भएको बताउँदै आफुले त्यसलाई अत्यन्तै सहज रूपमा लिएको उल्लेख गरेकी छिन् । उनले आफ्ना पक्षमा मत हाल्ने सबै मतदातालाई आभार प्रकट गर्दै आफु सधै ऋणी हुने कुरा पनि लेखेकी छन्……………..
‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ । यो साडे दुई दशकमा समाजलाई जसरी म्भउयष्तिष्अष्शबतष्यल (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ ।
डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु । यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू ।
गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु ।’






