काठमाण्डौ । काठमाण्डौको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ । पोखरेललाई नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हराउने पक्का भएको हो ।
नौ सय मत गन्न बाँकी रहँदा प्रदीप पौडेलले ५ हजारभन्दा धेरैको मतान्तरमा रहेका छन् । प्रदीप पौडेलको १५ हजार २ सय ३७ मत आउँदा ईश्वर पोखरेलले १० हजार १ सय ७१ मत ल्याएका छन् ।
योपनि पाल्पा २ मा गैरे अगाडि
पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुरप्रसाद गैरेले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि छन् ।
गठबन्धनबाट (नेकपा समाजबादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहेका छन् । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहेका छन् ।
लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गरेका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्यान क्षेत्र नं २ मा तानिएको छ ।
क्षेत्र नं २ को सदरमुकाम तानसेनस्थित बाल मन्दिरमा मतगणना भइरहेको छ । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९३ मतदाता छन् । निर्वाचनमा ६४ हजार दुई सय तीन मत खसेको छ । रासस






