मकवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् । उनले राजनीतिका आफ्ना गुरु विरोध खतिवडा विरुद्ध ७१९ मतको अन्तर बनाएका छन् । एकीकृत समाजबादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् ।
खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् । कुल २५ हजार ३२६ मत गणना गर्दा खतिवडाले ८ हजार ५२६ मत पाएका छन् भने एमालेका बर्तौलाले ९ हजार २४५ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ३ हजार ३२५ मत ल्याएका छन् ।






