बर्दिया । बर्दिया क्षेत्र नं. १ को प्रतिनीधि सभा सदस्य पदका लागि उमेदवर बनेका नेपाली कांग्रेसका सञ्जय गौतमलाई यो निर्वाचन जित्न हम्मे हम्मे परिरहेको छ । अहिले सम्मको मत परिणाममा १० हजार ५ सय ९० मत प्राप्त गरेका सञ्जयलाई पछि पार्दै ढकियाका उमेदवार ठाकुर सिंह थारुले भने ७२ मतले अग्रता लिई रहेका छन् ।
ढकियाबाट ठाकुर सिंह थारु प्रतिनीधि सभाकालागि उमेदवार बनिरहंदा बर्दियामा नेकपा एमालेको आंकलन भने बेग्लै थियो । ग्रेसको मत काटेर एमालेलाई त्यसको फाईदा पुग्ने आंकलन गरिएको बर्दियामा मत परिणाम भने उल्टो भईरहेको छ । दुई ठूला दलका नेताहरुसंगको बीचबाट उठेर चुनावी मैदानमा पहिलो पटक उत्रिएका ठाकुर सिंहका लागि पनि उनले अहिले पाईरहेको यो मत नै अपेक्षा गरिएको भन्दा धेरै परको रहेको छ ।
उनले सम्मान जनक मत पाउँछन् भन्ने धेरैको आंकलन गरिएको बर्दियामा ०७४ सालको निर्वाचनमा तत्कालिन एमालेका उपाध्यक्ष समेत रहेका बामदेव गौतमलाई नै हराएका सञ्जय गौतमलाई ठाकुुर सिंहले यतिबेला लिड गरि रहेका छन् । यो समाचार तयार पार्दसम्म प्राप्त भएको मत परिणाम अनुसार सञ्जयको मत १० हजार ५ सय ९० रहेको छ भने ठाकुरसिंहले १० हजार ६ सय ७२ मत प्राप्त गरेका छन् ।
ढकिया र रुखलाई पच्छ्याउँदै सुर्य चिन्ह्बाट चुनावी मैदानमा उत्रीएका नेकपा एमालेका उमेदवार लक्षमण ज्ञावलीले भने जम्मा ८ हजार ७ सय ९९ मत प्राप्त गरेर तेश्रो स्थान कायम गरेका छन् । बर्दियामा मत गरणा हुने क्रम जारी नै छ । मत गरणा भई रहंदा अब बर्दियामा ढकिया र कांग्रेस बीचको प्रतिस्पर्धामा कस्ले बाजी मार्ला भन्ने विषय सबैकोलागि चासोको विषय बनेको छ ।






