बाँके । बाँके निर्वाचन क्षेत्र नं.३ क मा रत्न खत्रीको अग्रता कायम नै रहेको छ । खतीले बैजाथ गाउँपालिका सम्पूर्ण वडाको गणना हुँदा कूल १० हजार १ सय ९८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायम राखेका हुन् । खत्रीलाई पछ्याउँदै नागरिक उन्मुक्ति पार्टीका चुनाव चिह्न ढकियाका चन्तराम थारूले ८ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।
त्यसै गरि स्वतन्त्र उम्मेदवार चुनाप चिह्न धाराका उम्मेदवार दल बहादुर सुनारले तेस्रो स्थानमा रहेका छन् । सुनारले यहाँ कुल मत ८ हजार ४ सय ८२ मत प्राप्त गरेका ठ छन । भने गठबन्धन उम्मेदवार आईपी खरेलले १ हजार ९१ मत प्राप्त गरेका छन् । बैजनाथ गाउँपालिकामा कूल २९ हजार ४ सय ९७ मतदात भएको थियो ।
त्यसैगरी १ हजार २ सय १७ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बैजनाथमा कूल मतदाता संख्या भने ६१ हजार ५ सय ९६ थियो । अब प्रदेश क को अन्तिम आउन खजुरा गाउँपालिका वडा न ५,६,७,र ८ बाँकि रहेको रिपोर्टिङ स्थल बाट पत्रकार खगेन्द्र दाहालले जानकारी गराएका छन् ।






