बाँके । बाँके क्षेत्र नं. ३ मा मत गरणा शुरु भएसंगै एमालेलाई पच्छ्याई रहेका नेपाली कांग्रेसका उमेदवार किशोर सिंह राठोर अहिले पहिलो भएका छन् । उनले नेकपा एमालेका उमेदवार किस्मत कक्षपतिलाई २ सय २२ मतको फरकले पछाडि पारेर आफु पहिलो भएका हुन् । मत परिणाममा राठोरले फड्को मारेसंगै कक्षपति दोश्रो स्थानमा पुगेका छन् ।
नेपाली कंग्रेसका राठोरले ७ हजार ४ सय ६५ मत ल्याएर पहिलो भएका छन् भने नेकपा एमालेका कक्षपतिले ७ हजार २ सय ४३ मत ल्याएर दोश्रो हुन पुगेका छन् । बाँके क्षेत्र नं. ३ मा राठोर र कक्षपति बीच प्रतिस्पर्धा भएतापनि स्वतन्त्रका उमेदवार देवेन्द्र शुक्लाले पनि यी दुबैलाई पच्छ्याई रहेका छन् । मत परिणामको थप बिवरण आउन अझैं बाँकी नै छ ।






