बाँके । मत गरणा शुरु भएसंगै नेकपा एमाले प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार किस्मत कुमार कक्षपतिले अग्रता कायमै गरी रहेका छन् । बाँके क्षेत्र नं ३ मा १ हजार ९ सय २९ मत गरणा हुदाँ नेकपा एमालेका कक्षपतिले ६ सय १२ मतले अग्रता कायम गरेका छन् ।
नेकपा एमालेका कक्षपतिको १ हजार ८ सय १६ मत खसेको छ भने नेपालीका काँग्रेका किसोर सिंह राठोरको पक्षमा १ हजार २ सय ४ मत खसेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्रनाथ शुक्लाको पक्षमा ४ सय ९३ मत खसेको छ ।
नेकपा एमालेका कक्षपतिले नेपालीका काँग्रेका राठोर र राष्ट्रिय स्वतन्त्र पार्टीका शुक्लालाई पछाडी पार्दै आफ्नो अग्रता कायम गरेका छन् । बाँके क्षेत्र नं ३ को थप बिवरण आउन अझैं बाँकी नै छ ।






