इलाम । इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म दुई हजार छ सय ८९ मत गन्दा एमालेका महेश बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजबादीका उम्मेदवार झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गरेका छन् । बस्नेत र खनालको मतान्तर दुई सय १७ रहेको छ ।
योपनि सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले नेपाली काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गरेका छन् ।
कार्कीले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराई काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जसपाका राजकिशोर यादवले चुनावमा रकम बाँड्नुको साथै भोजभतेर समेत गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको उनले माग गरेका हुन् । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि उनीहरुलाई कारबाही माग गरिएको हो ।
दुई उम्मेदवारले कात्तिक २५ गतेदेखि मङ्सिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको भोजभतेर गरेको आरोप स्वतन्त्र उम्मेदवार कार्कीले लगाएका छन् । उनले ऐनको दफा २१ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय गरी निजहरू दुवैको उम्मेदवारी खारेजीको माग गरेका छन् ।






