बाँके, नेपालगञ्ज । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आन्ना रिची एल्लेनले महिला जनसंख्या धेरै भएको देश नेपालमा महिला पत्रकार जस्ले राष्ट्रको मुद्दा उठाउन नसकेकोमा आफलुलाई दुःख लागेको बताईन् । उनले मुुलधारको पत्रकारीतामा महिला पत्रकारको पहूँच न्यून रहेकोमा बताउँदै आफुलाई सो कुराले दुःख लागेको पनि बताईन् । रिचीले महिला पत्रकार जस्ले राष्ट्रको मुद्दा उठाउन सक्नेमा बिश्वास ब्यक्त गरेकी छिन् ।
प्रवक्ता आन्ना रिचीले धेरै जसो कार्यक्रममा जाँदा पुरुष पत्रकारहरु मात्रै देख्ने गरेको र नेपालगञ्जमा भने महिलाको संख्या बढी भएको बताईन् । उनले महिलाको विषयमा वास्तविक मुद्यामा उठान हुन नसकेको र अहिलेको आवश्यकता भनेको तिनै मुद्यामा आवाज उठाएर समाधान गर्न पहल गरेकी थिईन् । उनले स्वतन्त्र भएर महिला बाँच्नु पर्छ भन्ने कुरा नेपाली समाजमा त्यति सहज हुन नसकेको बताईन् ।
समाचारमा महिलाका विषयहरुले प्रमुख स्थान नपाएको गुनासो गर्दै महिलाका मुद्याहरु मेन न्यूज बन्नु पर्नेमा जोड दिईन् । अमेरिकन एम्बेसिले नेपालको पत्रकारीतामा सहयोग गर्दै आएको बताउँदै पत्रकारीतामा महिला पत्रकारको संख्यामा बृद्धि हुन आवश्यक रहेको बताईन् । म्हिला पत्रकारहरु भोलेन्टिएर भएर काम गर्न नसक्ने बताउँदै उनीहरुलाई पत्रकारीतामा स्थायित्व गराउन सम्बन्धित निकाय संगै स्थानिय सकारले जिल्ला तहमा बसेर पत्रकारीता गरि रहेका महिला पत्रकारहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिल माया शाहीले मेन्टरसीप तालिमले आफ्नो लेखन शैलीमा धेरै नै सुधार आएको बताईन् । उनले पत्रकारीता तालिमबाट विषय बस्तुको गहनता बुझ्ने ज्ञानको विकास भएको अनुभव सुनाउँदै आफुले लेखेका समाचारहरुलाई स्थानिय पत्रपत्रिकाहरुमा स्थान दिएको पनि बताईन् । शाहीले ग्रामिण क्षेत्रमा महिला पत्रकारहरुलाई उत्पादन गरेर पत्रकारीतामा महिलाहरुलाई स्थायित्व दिन सञ्चारिकालाई आग्रह गरेकी थिईन् ।
कार्यक्रममा अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक शंकर खनालले जिल्लामा काम गर्ने समग्र पत्रकारहरुको आम्दानी केन्द्रको तुलानामा कमी भएको बताउँदै त्यसको मारमा महिला पत्रकारहरु परेको बताए । उनले पत्रकारीतामा नयाँ पत्रकारलाई उत्पादन गर्नकालागि सञ्चारिका समूहले विभिन्न तालिमको आयोजना गर्न सझाब दिए । फिचन लेखनकालागि पत्रकारहरुलाई फेलोसीपका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउँदै पत्रकार खनालले पत्रकारको आफ्नै मिडिया हाऊस बनाउन महिला पत्रकारहरु लाग्नु पर्नेमा जोड दिए ।
उनले पत्रकारहरुको क्षमता अभिबृधिका कार्यक्रमहरु सञ्चालन गर्नका लागि जोड दिए । यसमा अमेरिकन दुताबासलाई आग्रह समेत गरे । बाँके जिल्ला सञ्चारिका संस्थापक अछरी पोखरलले पत्रकार महिलाको अवस्था, चुनौति र समाधानका विषयमा ध्यान दिन सञ्चारिका, स्थानिय तह, र दुताबासलाई आग्रह गरीन् । उनले महिला पत्रकारहरुलाई पत्रकारीता गर्न भित्रि इच्छा हुुन आवश्यक रहेको बताउँदै यस क्षेत्रलाई आर्थिक रुपमा बलियो बनाउन राज्य पक्ष र सम्बन्धित निकाय गम्भिर भएर लाग्नु पर्नेमा जोड दिईन् ।
नेपाल पत्रकार महासंघका बाँकेका पुर्व अध्यक्ष रुद्र सुबेदीले सञ्चार संस्थाहरुले शारीरिक रुपमा अशक्त बनाएर महिला पत्रकारहरुलाई दिने जिम्मेवारी नै पत्रकारीताबाट महिला पत्रकारहरुको पलायनका पहिलो शुरुवात भएको बताए । महिला पत्रकारहरु पलायन पर्नु र पछाडि पर्नुको कारण अध्ययनसिलतामा कमी भएको बताए । उनले महिला पत्रकारहरुले अध्ययनमा आफुलाई अगाडी बढाउन जोड दिए । कार्यक्रमको अध्यक्षता गरेकी संञ्चारिका समूह प्रदेश उपाध्यक्ष रुपा गहतराजले महिला पत्रकारहरुलाई महिला भएकै कारणले भन्दापनि उनीहरुको क्षमताका आधारमा पुरुष पत्रकारहरुले सहयोग गर्नु पर्नेमा जोड दिईन् ।
त्यसैगरी कार्यक्रममा डब्ल्यू डब्ल्यू जे बाँकेका कोषाध्यक्ष निशु जोशीले पत्रकार महिलाहरुमाथि पुरुष पत्रकारहरुद्धारा नै हिंसा भईरहेको बताउँदै सञ्चार संस्था सञ्चालक पत्रकार पुरुषहरुलाई आफ्नै संस्थामा कार्यरत महिला पत्रकारलाई हिंसा नगर्न आग्रह गरेकी थिईन् । उनले ‘आफै हिंस्रक बन्ने अनि कार्यक्रममा भने ठूला कुरा गर्ने ?’ भन्दै प्रश्न समेत गरेकी थिईन् । सञ्चारिका समूह नेपालका महासचिव बसन्ति बासतोलाले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिईन् । म्ञ्जिमा ढकाल सञ्चारिका समूह नेपालका सदस्यद्धारा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सञ्चारिका समूहका केन्द्रीय महासचिव बसन्ती बास्तोलाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा दूतावासकी कर्मचारी प्रेरणा मरासिनी, फेलोसिपकी मेन्टर हरिकला अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदी, बाँके जिल्ला सञ्चारिका संस्थापक अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष८ करुणा शाह, फलोसिप कार्यक्रमका सहभागी दांगकी रञ्जिता अधिकारी, सप्तरीकी सुधा देव, लगायतले बोलेका थिए ।






