काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार बुधवार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।
आयोगले तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ । योपनि आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा निर्वाचनमा क्षेत्र नं ३ (क) मा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टीबाट टिकट नपाएकाहरू स्वतन्त्रबाट प्रतिस्पर्धामा उत्रेका हुन् ।
३ (क) मा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट मुकेश कुशहवा, जनता समाजवादी (जसपा) का भरत खड्का, एमाले उम्मेदवार रवीन्द्रदास श्रेष्ठ प्रतिस्पर्धीमा छन् । साथै एमाले, जसपा, एकीकृत समाजवादीमा बसेर राजनीति गरेकाहरू पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर घरदैलोमा मत माग्दै हिँडेका छन् । एमालेका पुराना नेता तथा पूर्व गाविस अध्यक्ष नारायण क्षेत्रीले एमाले पार्टी परित्याग गरेको घोषणासहित स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भने जसपाका कलैया उपमहानगर अध्यक्ष शिवनाथ पटेल तथा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य ध्रुव यादवले पार्टी छोडेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । लौरो बोकेर मतदाताको घरदैलोमा पुगेका जसपा नगर अध्यक्ष शिवनाथ पटेलले पुराना नेताहरू सधैं आफूमात्रै कुर्चीमा बस्ने प्रवृत्तिका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
‘जसरी काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारले जिते पनि परिवर्तन भयो, त्यसरी नै यो समाजको परिवर्तनका लागि मेरो उम्मेदवारी हो,’ उनले थपे, ‘३३ वर्षदेखि म एमाले र जसपाभित्र बसेर राजनीति गरेको हुँ तर आज यी पार्टीहरूबाट देशको विकास नहुने देखेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनता अब पार्टीभन्दा माथि उठेर स्वतन्त्रलाई जिताउने अभियानमा लाग्नु नै मेरो चुनाव जित्ने आधार हो’ । बारा ३ (क) मा जसपाले भरत खड्कालाई उम्मेदवार बनाएको छ ।
एक वर्षअघि एमाले विभाजनपछि नेकपा एकीकृत समाजबादीमा लागेका नेकपा एसमा प्रदेश कमिटी सदस्य ध्रुव यादवले सोही प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट ३ (क) मा माओवादीका मुकेश साहले टिकट पाएपछि यादवले पार्टी छोडेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जनताको हितमा काम गर्न आफूले उम्मेदवारी दिएको यादवले दाबी गरेका छन् ।






