काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई निष्कासन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
सह(संयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासन प्रस्ताव बैठकमा राखेका थिए । बैठकले कम्युनिष्ट आन्दोलन र समृद्ध नेपाल, सुखी नेपाली अभियानविरुद्ध गतिविधि गरेको भन्दै दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षतामा बैठक शुरु भएको हो । आइतबारबाट सुरु बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।






