रुपनी जि.एम, बर्दिया । नेकपा एमाले बर्दिया क्षेत्र नं. १ का संघिय सांसद उम्मेदवार लक्षमण ज्ञावलीले बर्दियामा वन्यजन्तुको आक्रमणबाट आउँदा दिनहरुमा मानव क्षेति हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मंगलबार आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानका क्रममा बर्दियाको समस्या मध्यको एक समस्या वन्यजन्तुर मानव बीचको द्धन्द्ध पनि भएको बताउँदै उक्त समस्या समाधानका निम्ति आफुले पहल कदमी चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आगामी मंसिर ४ गते हुने गई रहेको प्रतिनिधि सभा सदस्यकालागि उम्मेदवार बनेका ज्ञावलीले चुनावी अधियानमा जनताको घरदैलोमा गई रहंदा विशेष गरेर जनताको आधारभूत आवश्यकता र मागहरुलाई सम्बोधन गर्ने गरेका छन् । उनी आफै दलीय नेता भएतापनि दल र दलका नेताले गर्ने भाषणलाई पर राखेर नितान्त जनताका कुुरालाई सुन्ने र उनीहरुको आवश्यकतालाई मनन गर्दै सम्बोधन गर्ने प्रयासमा आफुले सक्ने विषय वस्तुमा मात्र उनले प्रतिबद्धता जनाउने गर्दछन् ।
उनी भन्छन्,‘म तपाईँहरुको कुरा सुन्न आएको हुँ । तपाईँहरुको दैनिक जीवनमा नभई नहुने आवश्यकतालाई कसरी र कुन माध्यमबाट परिपुर्ति गर्न सकिन्छ भन्ने विषयमा बुझ्न आएको हुँ । म यतिबेला तपाईँहरुसंग तपाईँहरुको समस्या र आवश्यकतालाई आफ्नो एजेण्डा बनाउन आएको हुँ । ताकि मैले जीते भने तपाईँहरुको मागलाई पुरा गर्न सकूँ ।’ सामान्य भाषामा जनतालाई बुझाउँदै उनले भने,‘मैले काम गर्ने भनेर बनाएका विषयहरु राष्ट्रिया स्तरका छन् । जुन समग्रमा बर्दिया विकासकोलागि हुनेछ । त्यो संगसंगै मेरोलागि तपाईँहरुको दैनिक जीवनमा उपयोगी हुने माग पनि उत्तिकै महत्पुर्ण छ ।’






