नेपालगञ्ज । आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि स्वच्छ तथा निष्पक्ष र भयरहित निर्वाचनका लागि संचारकर्मी र पर्यवक्षेकहरुले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक प्रदेश कार्यालय बाकेको आयोजनामा आइतबार नेपालगंन्जमा भेला भएका संचारकर्मी तथा पर्यवक्षेकहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी र पर्यवक्षेकहरुले मतदाता लाइ प्रभाबित नपार्ने गरी आफनो काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । निर्वाचन आयोगद्वारा जारी आचार संहिता पालना गर्नेर गराउने सम्बन्धमा संचारकर्मीको भुमिका महत्वपुर्ण हुने बताइएको थियो ।संचारकर्मी पर्यबेक्षक लगायतका सम्बद्ध निकायका प्रतिनिधिले आगामी मंसिर ४ गते हुने
प्रदेश र प्रतिनिधि निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगबाट जारी भएको आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सहभागि पर्यबक्षेक आफुहरु आचारसंहिता पालना प्रतिबद्ध रहेको र नियमनकारी निकायले पनि आचारसंहिता कार्यान्वयन गराउन प्रतिबद्ध हुनेपर्ने बताएका थिए ।कार्यक्रममा अधिकार्मी बसन्त गौतम , सुरेश गौतम ,कमला पन्त , निर्वाचन पर्यबेक्षण समिति नियोकका प्रतिनिधि प्रभात कुमार
ठकुरीले अहिले पनि नगरका बिभिन्न क्षेत्रमा आचारसंहिता बिपरित तुल ब्यानर टांगिएको जनाउदै आचारसंहिताको सबैले इमान्दारीपूर्वक पालना हुनु पर्नेमा जोड दिएका थिए । लुुम्बिनी प्रदेश इन्सेक बाँकेका प्रमुख भोला महतले सहजीकरण गरेको कार्यक्रममा बाँकेमा कार्यरत पत्रकार अधिकारर्मी ,कानुन ब्यबसायी, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी, पर्यबेक्षक, लगायतको सहभागीता थियो ।






