बर्दिया । रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली(१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।
चौधरी २०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका थिए । उनले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । सोही पार्टीबाट अहिले उनी उम्मेदवार बनेका हुन् ।
योपनि राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन् । चितवनका दुई क्षेत्र रोजेका लामिछाने कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेमा अझै अलमलमा छन् ।
चितवनमा शुभेच्छुकसँगको परामर्शपछि दिउँसो २ देखि ३ बजेभित्र लामिछानेले मनोनयनपत्र दर्ता गर्ने त्यस पार्टीका नेता दिपक बोहोराले बताए । रविले सुरूमा प्रचण्डसँग चुनाव लड्ने भन्दै प्रचार गरेका थिए। प्रचण्ड चितवन छोडेर गोरखा २ मा लड्ने भएका छन् ।






