कठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बिहान साढे ११ बजे उनले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन् । लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।
त्यसैगरी राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भएका थिए ।
एमाले र माओबादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो भएका थिए । यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाएर आठौं नम्बरमा रहेका थिए ।






