काठमाण्डौ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा सात सिट पाउने सहमति भएको छ । सर्लाही २ मा चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा उल्लेख छ ।
काठमाण्डौ । सर्लाही २ मा गठबन्धनबाट माओबादीको चुनाव चिह्न लिएर नेपाल समाजबादी पार्टीका सङ्घीय परिषद अध्यक्ष महिन्द्रराय यादवले उम्मेदवारी दिँदै छन् । त्यहाँ लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । यादवले छोड्न नमानेपछि महतोले सत्ता गठबन्धनको साथ नपाउने भएका छन् ।
यी हुन् लोसपाले टुङ्गो लगाएका उम्मेदवारहरु
सप्तरी १ – जयप्रकाश ठाकुर, धनुषा ३ – अनिलकुमार झा, महोत्तरी २ – शरदसिंह भण्डारी, महोत्तरी ३ – महन्थ ठाकुर, सर्लाही १ – रामप्रकाश चौधरी, सर्लाही २ – राजेन्द्र महतो, बारा ३ – प्रमोद गुप्ता, पर्सा १ – लक्ष्मणलाल कर्ण ।






