काठमाण्डौ । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजबादीले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । प्रतिनिधि सभामा १९ सिट पाउने सहमति भएसंगै समाजबादीले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको हो । एकीकृत समाजबादीका उम्मेदवारहरुको सूची यस प्रकारको छ ।
इलाम १ – झलनाथ खनाल, उदयपुर २ – जगन्नाथ खतिवडा, रौतहट १ – माधवकुमार नेपाल, बारा ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
काठमाण्डौ ८ – जीवनराम श्रेष्ठ, ललितपुर २ – कृष्णलाल महर्जन, धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे, मकवानपुर २ – विरोध खतिवडा
कास्की २ – श्रीनाथ बराल, गुल्मी २ – रामकुमारी झाँक्री, पाल्पा २ – सोमप्रसाद पाण्डे, रुपन्देही २ – राजु गुरुङ
दाङ १ – मेटमणि चौधरी, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला), डोल्पा – धनबहादुर बुढा मगर, दैलेख १ – अम्बरबहादुर थापा
अछाम १ – शेरबहादुर कुँवर, बझाङ – भानुभक्त जोशी, डोटी – प्रेमबहादुर आले ।






