काठमाण्डौ । नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन ।
राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ ।’ नेतृ चौधरी २०७४ मा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् ।
योपनि जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने अडान लिएपछि विवाद सुरु भएको हो ।
केहीले भने गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अडान लिएका थिए । बैठकमा सहभागी एक नेताकाअनुसार यही विवादका कारण पार्टी नै विभाजनको मुखमा पुगेको छ। हिजो मध्यराति जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए ।
सो छलफलमा सिट बाँडफाँटबारे सहमति भएको बताईएको छ। मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ १६ १६ सिट लिने र प्रदेश सभातर्फ ३२ ३२ सिट लिने सहमति भएको छ । तर, केही सिटमा भने मित्रवत् प्रतिष्पर्धा गरिने जनाईएको छ ।






