काठमाण्डौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् ।
योपनि सोमबार बैतडीमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोकुलेश्वरबाट देहिमाण्डौ आउँदै गरेको अटो दोगडाकेदार गाउँपालिकाको बसालीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
अटोचालक धनसिंह थलालसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । तीव्र गतिमा रहेको अटो अनियन्त्रित भएर खाल्डोमा परेपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।






