नेपाल्गन्ज । हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार पत्रकार राम प्रसाद आचार्यलाई प्रदान गरीएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखा मार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरी जमुना स्मृती अक्षय कोष मार्फत उक्त पुरस्कार प्रदान गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपाल बाकेको आयोजनामा सम्पन्न एक विशेष समारोहका बिच पत्रकार आचार्यलाई हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार प्रदान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले बताए ।
त्यसैगरी सृजनसिल पत्रकारीता पुस्कार युवा पत्रकार निशु जोशिलाई प्रदान गरीएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल बाके शाखाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष पत्रकार जाशीलाई प्रदान गरिएको हो । पुस्कृत पत्रकार द्वयलाई स्वतन्त्र पत्रकार संघका रास्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, रास्ट्रिय उपाध्यक्ष निरज गौतम, बाँके शाखा अध्यक्ष नमस्कार शाह, वष्ठि पत्रकार पुर्णलाल चुके लगायतले नगद रासी रु. ५ हजार १ सय ५१ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।
पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा स्वतन्त्र पत्रकार संघ नेपालका रास्ट्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारहरुले महाभारत मा नारद मुनिले भगबान राम र राबण सङ गरेको काम जस्तै कसैको पक्ष र विपक्ष नलिएर सत्य तथ्य खबर आदान प्रदान गर्नु पर्ने बताए । पत्रकारिता क्षेत्रमा भाषगत शुद्धाशुद्धिमा खडेरी परेको बताउदै भाषागत शुद्धता प्रती पत्रकारले विशेष ख्याल गर्नु पर्ने बास्तोलाको भनाइ तियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका रास्ट्रीय उपाध्यक्ष निरज गौतमले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निश्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । वरिष्ठ पत्रकार पुर्णलाल चुकेले अहिले को समयमा कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ती पाउन मुस्किल भएको अबस्थमा स्वतन्त्र पत्रकार संघले पत्रकारिता जगतमा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिँदै आएको बताउदै पछिल्लो समय स्वतन्त्रको माहोल बन्दै गएको बताए । स्वतन्त्र पत्रकार संघ बाकेका अध्यक्ष नमस्कार शाहले हामी कुनै संघ सगठन को बिरोधी नभएको बताउदै ढिलो चाडो सबै पत्रकारहरु स्वतन्त्र तिर आबद्ध हुने बताए ।
कार्यक्रममा सञ्चारिका समुह बाँकेकी अध्यक्ष रुपनी जिएमले पुस्कारले सबैको मनोबललाई उच्च राख्ने बताउँदै यास्ता खालका पुरस्कारले विशेष गरेर पत्रकारहरु र त्यस्मा पनि महिला पत्रकारहरुको मनोबललाई उच्च राख्ने बताईन् । उनले आजको समयमा पनि महिला पत्रकारहरुलाई व्यावसायिक रुपमा पत्रकारिता गर्न चौनौति भई रहेको अवस्थामा धन राशी सहितका प्रदान गरिने यस्ता खालका पुरस्कारहरुले थप हौसला पुग्ने उताउँदै पुरस्कृतकालागि उचित पत्रकारको छनौट गरिएको प्रति आयोजकलाई धन्यबाद दिएकी थिईन् ।
स्वतन्त्र पत्रकार संघ बाकेका अध्यक्ष नमस्कार शाहले अध्यक्षता गरेको उक्त कार्यक्रममा परस्कारको घोषणा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारीले गरेका थिए । स्वतन्त्र पत्रकार संघकि बाँककी कोषाध्यक्ष मुना बिष्टले स्वगत गरेको कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सदस्य हेमराज भट्टले सन्चालन गरेका थिए ।






