नेपालगन्ज । नेपालगन्ज गुलरिया सडक खण्ड स्तरउन्नतीका लागि शिलन्यास गरिएको छ । विगत लामो समयदेखि व्यवस्थित हुन नसकेको नेपालगन्जको धम्बोझीदेखि खजुरा हुँदै गुलरियासम्मको सडकलाई स्तरउन्नतीका लागि भौतिक पुर्वाधार तथा यातायात बिभागका मन्त्री मोहम्मद इश्तियाक राईको प्रत्यक्ष सक्रियता र पहलमा बुधबार शिलान्यास गरिएको हो ।
नेपालगन्जको धम्बोझी खजुरा हुँदै गुलरियासम्मको चारलेन सडकको स्तरउन्नती कार्यको शिलान्यास कार्यक्रममा बोल्दै भौतिक पुर्वधार तथा यातायात मन्त्री राईले चारलेनमा बनाइने उक्त सडकको स्तरउन्नतीले खजुरादेखि गुलरियाको सडक आसपासका अन्य सहायक सडकलाई जोडिन सहज बनाउने बताएका छन् ।
२४ वटा जिल्लालाई सेवा दिदै आएको नेपालगन्जलाई दाङ्ग, जमुनाहलाई हिल्लसा, नेपालगन्ज कञ्चनपुरसम्म, नेपालगन्जलाई १ न. क्षेत्र भएर दाङ्ग सम्म जोड्ने सडकको योजना रहेको मन्त्री राईले बताए । उनले भने,“मेरा केही प्रतिपक्ष सामाजिक सञ्जालमा बाङ्ग्य गरि शिलन्यास गर्ने मन्त्री भन्ने अवसरबाट बञ्चित हुनुहुन्छ । ठेक्का हुँदासम्म आचारसहिंता लागिहाल्छ । ढुक्क हुनुस त्यो बेला म शिलन्यास गर्दैन ।
तर बिशवास गर्नुस् राप्ती पुल क्रस गर्ने बित्तिकै दाङ्ग सम्म फर फर फर गर्ने सडकको अवश्य ठेक्का र निमार्ण हुन्छ । कालाकाँटी दाङ्ग देखी बाँके जोड्ने ठेक्का निस्किन्छ । धेरै साथीहरुले मुटु फुट्ने गरी बाङ्ग्य गर्ने शिलन्यास मन्त्री भन्ने शिलन्यास गर्नका लागि लल्याएको भन्ने अवसरबाट बञ्चित हुने अवसर प्रदान हुन्छ । उहाँहरुले अव प्रेसरको औषधी खानु पर्दैन ।”
“हामी कुरा गर्छौ राजनीतिका, कार्यक्रमका मैले बर्दियामा पनि दर्जनौ सहरी बिकासको शिलन्यास गरेकै हो । ति काम पनि सम्पन्न भै सकेकै हुन । मैले शिलन्यास गरेको भेरी अस्पताल, वाटरपार्क, चिर्डेनपार्क, ३९ हाइमास्ट, नेपालगन्जका २२ वडा रोड, नेपालगन्ज कारकाँदो बाइपासरोड, बिटिएस रोड, देशभरी १८ हजार नागरिक सुरक्षित आवास, बाँकेमा ३ हजार नागरिक सुरक्षित आवास के सम्पन्न भएन ? के पैसा पाएनन् ।”
मन्त्री राईले सामाजिक सञ्जालमा शिलन्यास गर्ने मन्त्री भनेता पनि बिकास पुर्वाधारमा भने आफ्नो कदम नरोकी अगाडी बढ्ने बताए । यसअघि उ्घाटन गरिएका आकाशेपुल र नदीमाथिका पुल, बिभिन्न सडकको लागि आबश्यक सबै बजेट मन्त्री राईले विनियोजन गरिसकेको जनाकारी गराए ।
उनले तय गरेको योजनाका एजेण्डा र चलिरहेको कामले गर्दा बाँकेवासीले यतिबेला टोल टोल र गाउँबस्तीमा मन्त्री राईको चर्चा र प्रशंसा गर्दै आइरहेको देखिएको छ । नेपालगन्ज गुलरिया सडक खण्ड २ महिना अर्थात दशैं तिहार शुरु नहुँदै निर्माण प्रक्रियामा जाने बताउँदै मन्त्री राईले सडकको ठेक्का पट्टा गरि ठेक्का पट्टामा लाफरवाही गर्नेहरुलाई २४ घण्टा काटेर बुझाउने निर्णय समेत गरेका छन् ।






