काठमाण्डौ । गायिका समीक्षा अधिकारीले आफुले कसैसंग क्षतिपुर्ति नमागेको र मलाई जस्ले जसरी जसद्धारा क्षतिपुर्ति दिलाईएको छ उक्त क्षतिपुर्ति पनि नलिने बताएकी छन् । उनले पल शाहलाई अदालतले ढाई वर्षको काराबास र पिडितलाई १० लाख जरिवाना स्वरुप क्षतिपुर्ति दिनु पर्ने आदेश दिएसंगै गायिकाले आफ्नो सामाजिक सञ्जाल फेस बुकमा आफुले कसैसंग क्षतिपुर्ति नमागेको र उक्त क्षतिपुर्ति बापतको रकम नलिने कुरा उल्लेख गरेकी छन् ।
उक्त घटनाले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको उनले आफ्नो आधिकारिक फेसबुकमा खुलाएकी छन् । मंगलबार राति आफ्ना भनाई राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले आफुलाई निकै नै चोट पुगेको पनि बताएकी छन् । यसका साथै उनले अबका दिनहरुमा कसैले पनि आफुलाई गाली नगरिदिन भन्दै आग्रह पनि गरेकी छन् । सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गा’लीगलौ’जले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनले लेखेकि छन् ।
‘यहाँहरु सबैलाई अवगत भएकै कुरा हो । म लामो समयदेखि एउटा दुःखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद हो ।’ उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला ।’ उनले आफ्नो फेसबुक अकाउण्टमा लेखेको कुरा जस्ताको त्यस्तै…….






