नेपालगन्ज । अदालतको आदेशपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु गरिएको छ । निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै उक्त कार्य रोक्न नागरिक समाजका अगुवाहरुले दाबब दिएका छन् । नागरिक समाज सरोकार समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत अनाधिकृत रुपमा शुरु गरिएको निमार्ण कार्यलाई तत्काल रोक्न नगर प्रमुख विष्टलाई दबाब दिएका हुन् ।
समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले उक्त पत्रकार सम्मेलनमा आफुहरुले केही दिन अघिदेखि नै वागेश्वरी पार्कको विषयमा आवाज उठाउँदै आईरहेको जानकारी गराए । उनले आदलतले उक्त क्षेत्रमा कुनैपनि प्रकारको संरचना निर्माण नगर्न स्टे अडर जारी गरेको अवस्थामा सोमबार रातीदेखि नै धमाधम रुपमा अवैधानिक ढंगले संचना निमार्ण कार्य भईरहेको प्रति आपत्ति जनाए । यस्तो कार्यले अदालतको निर्णयको अपमान भईरहेको अध्यक्ष श्रेष्ठले बताए ।
यस विषयमा नगरपालिकाको ध्यानाकषर्ण गराउनकालागि नगर प्रमुखलाई आफुले टेलिफोन गरेको समेत बताए । नगर विकास समितिले छोडेको खुला क्षेत्रको जग्गामा पहिले पनि नगर पालिकाले अनाधिकृत ढंगले निर्माण कार्य बनाउन कोसिस गरेको नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियारले बताए । उनका अनुसार त्यति बेला पनि नगर पालिकाको उक्त कामप्रति विरोध भएको र अदालतले उक्त जग्गा बाल उद्यानको भएको हुनाले यसमा बाल उद्यान नै बनाउनु पर्छ भनेर आदेश जारी गरिएको थियो । सोही आदेशको अवज्ञा नेपालगञ्ज उप महानगर पालिकाका वर्तमान मेयर प्रशान्त विष्टले गरेकको अध्यक्ष रौनियारले आरोप लगाए ।
उनले उक्त अनाधिकृत ढंगले निमार्ण कार्य सम्पन्न गर्न लागेको भन्दै फेरीपनि अलादतको ढोका धचधच्याएको र अदालतले त्यस्ता अनाधिकृत गतिविधी तत्काल रोक्न आदेश दिएको बताए । यसका साथै उनले नगर प्रमुख विष्टलाई सम्पर्क गरेर जवाफ माग्दा उनी सम्पर्कमा नआएको पनि पत्रकार सम्मेलनमा जानकारी गराए । तर उप मेयर कमरुद्यिन राईले भने यस विषयमा नगरको तर्फबाट कुनै पनि निर्णय नभएको कुरा रौनियारले सोही पत्रकार सम्मेलनमै बताए ।
साथै उपमेयर राईले उक्त क्षेत्रमा बन्दै गरेको अनाधिकृत निमार्णको विषयमा पालिकालाई कुनै जानकारी नभएको बताए । उक्त पत्रकार सम्मेलनमा कानूनी सल्लाहाकाका रुपमा एडभोकेसी फोरमका बसन्त गौतमले पनि वागेश्वरी मन्दिर परिसरमा व्यापारिक प्रयोजनकालागि अवैधानिक ढंगले निमार्ण गरिन लागेको संचना अदालतको आदेश विपरित भईरहेको बताए । उनले अंतरिम आदेश अनुसार नक्सा पेश नगर्दासम्म स्टेअडर जारी गरेको र उक्त स्टेअडर भन्नाले जस्ता अवस्थामा रहेको छ ।
त्यस्तै अवस्थामा राख्नु भन्ने अदालतको आदेश भएको तर अदालतको त्यही आदेश विपरित यस्ता खालका संरचना निमार्ण गर्नु भनेको कानूनको उल्लंघन भएको उनले बताए । यसअघि गत साउन अन्तिम साता उक्त स्थानमा चिल्ड्रेन पार्क निर्माण गर्ने भन्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका थिए । करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बाल पार्कको मेयर विष्टले शिलान्यास गर्दै आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीलाई निर्माणको जिम्मा दिइएको थियो ।
करिब ५.५ कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेण्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम गर्नेगरि डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेष्टुरेण्ट निर्माण गर्न लाग्दा धार्मिक आस्थाको धरोहरमाथि प्रहार भएको भन्दै चौतर्फी विरोध र आलोचना भएको थियो । उक्त मन्दिरको जग्गाको क्षेत्रफल ३ कित्तामा रहेको छ । १ नम्बरको जग्गाको क्षेत्रफल १८५०.८० वर्गमिटर रहेको छ भने, २ नम्बरको जग्गाको क्षेत्रफल ३७८.४० वर्गमिटर रहेको छ । त्यसैगरी ३ नम्बरको जग्गाको क्षेत्रफल १०३५.३० वर्ग मिटर रहेको छ ।






