जाजरकोट । जाजरकोटका देबदर्शन सिंह एउटा यस्तो विद्यार्थी थिए जस्ले आफ्नो प्रदेशकै पहिलो विद्यार्थी बन्न सफल भएको नतिजालाई हेर्न पाएनन् । २०७९ जेठ २७ गते जाजरकोट नागरिकता बनाउन जाने क्रममा जिप दुर्घटनामा परी उनको ज्यान गएको थियो । विधार्थी देव दर्शन सिंहले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा उषा बालबाटिकाबाट कर्णाली प्रदेशमै विज्ञान संकाय (जीव विज्ञान समूह) तर्फ उत्कृष्ट जीपीए ३.७० ल्याई कर्णाली प्रदेशमै प्रथम बनेका छन् ।
लगभग ३ बर्ष देखि यता कोरोना महामारीका कारण विद्यार्थीहरूको पठन पाठन अस्त व्यस्त हुँदा बाध्यात्मक परिस्थितिले गर्दा ३ बर्ष देखि नै कक्षा १२ को बोर्ड परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राखी सम्पन्न भएका थिए । तर कोरोनाको प्रभाव कम भए संगै यो वर्ष भने कक्षा १२ को बोर्ड परीक्षा, परीक्षा केन्द्र कायम गरी मर्यादित र व्यवस्थित ढंगले सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
शुक्रबार मात्र उक्त परीक्षाको परीक्षाफल प्रकाशित भयो जसमा पहिलो पटक प्रकाशित कक्षा १२ को नतिजामा यस कर्णाली प्रदेशकै एक मात्र पुरानो र पहिलो संस्थागत विद्यालय उषाबालवाटिका मा.वि ले ३ जना A+ सहित विज्ञान संकायमा ३.७१ (बिक्रान्त जंग बुढा) र ३.७० ९ देव दर्शन GPA ल्याई कर्णाली प्रदेशमै क्रमश प्रथम र द्वितीय हुन सफल भएको छ ।
साथै छात्रा तर्फ पनि यस कर्णाली प्रदेशमै विज्ञान संकायमा छात्रा तर्फ ३.६७ न्एब् ल्याई दीपा चपाइ प्रथम हुन सफल भएकी हुन भने ३.५८ GPA ल्याई जानकी बुढा द्वितीय भएकी हुन । उक्त दुर्घटनामा ज्यान गुमाउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए ।






