काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहरको थुप्रोमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन आग्रह गरेका छन् । धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् ।
धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साहले बञ्चरेडाँडामा फोहर फ्याँक्न आधिकारिक सम्झौताहरू भएको उल्लेख गरेका छन् । उनले सिसडोलमा पानीको मुहानमा फोहर फ्याँकेको र फोहर बोक्ने गाडीले बाख्रा मारेको समस्या समाधान हुनासाथ काठमाण्डौको फोहर उठाउन नदिन अर्को समस्या देखिएको बताए ।
फोहरको थुप्रोमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन मेयर शाहको आग्रह
फोहरको थुप्रोमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन मेयर शाहको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






