काठमाण्डौ । नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए ।
अध्यक्ष विजुच्छेले राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए । उनले चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरूको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ?
देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको उनले बताए । उनले अहिलेका कम्युनिष्ट पार्टीहरू जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताए ।






