बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा हरिबहादुर खत्रीलाई स्वागत गरिएको छ । सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा उनी सरुवा भई आएका आएको हुनाले उनको स्वागत पालिकाले गरेको हो । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खत्रीलाई स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत गौरव कुमार लामिछाने लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा अध्यक्ष पौडेलले कर्मचारी र जनप्रतिनिधि बीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउँदै सबैलाई सहकार्य गर्न आग्रह समेत गरेका थिए ।
सो क्रममा प्रमुख प्रशासकीय अधिकृत खत्रीले आफू राप्तीसोनारीमा कार्यरत रहँदासम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका थिए । उनले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताएका थिए । उनले उक्त पालिकामा काम गर्ने इच्छा आफुलाई पहिले देखि नै भएको तर काम गर्नकोलागी समय नजुरेको बताउँदै अन्ततः आफु सोही पालिकामा सरुवा भएर आएकोमा खुशी व्यक्त गर्दै सबैसंग समान व्यवहारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।






