काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चन्दविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, राज्यविरुद्धको अपराध , हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ललितपुर जिल्ला अदालतले सोमबार एक सुचना जारी गर्दै पक्राउ पुर्जी जारी गरेको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिन भित्र अदातलमा हाजिर हुन नेत्रविक्रम चन्द विप्लवलाई आदेश दिइएको छ । जारी सुचनामा भनिएको छ ,’म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ ।






