काठमाण्डौ । विदेशी विनिमय सञ्चिति र मूल्य वृद्धिलाई नीतिगत दर निर्धारणको आधार लिइने बताइएको छ। शुक्रबार आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो भनेका हुन् । अर्थात् बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट सापटी लिने रकम यी दुईमा आधारित भएर हुनेछ ।
वार्षिक लक्षित मूल्य वृद्धिदरभन्दा कम नहुने गरेर नीतिगत ब्याजदर तय गरिने उनले बताए । पनि, सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७।४६ विन्दुमा अडिएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार घटाउने निर्णय भएमा भने त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । बजार प्रभावित हुनुमा यसअघि नेप्से लगातार ८ दिनसम्म बढेको थियो ।
समग्रमा मौद्रिक नीतिबाट सेयर बजारका समस्या समाधान हुन्छ भनेर लगानीकर्ता विश्वस्त नहुँदा बजार प्रभावित भएको कतिपयको बुझाई रहेको र सोही कारण यस दिन बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । यसरी बढेको बजारबाट ट्रृेडरहरुले नाफा बुक गरेका हुन् । जसको प्रभावसमेत अहिले देखिएको हो । शक्रबार अपरान्ह ४ बजे केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।






