काठमाण्डौ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलकाको पनि वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ हुने भएको छ तर यो मुल्य अहिलेलाई होटल, रेष्टुराँ, क्याटरिङ लगायतका प्रयोजनमा खपत हुने प्रतिसिलिन्डर ग्यासमा लागु गरिने छ ।
खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशकले जानकारी दिए ।
उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको उनले बताए । ‘उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको छ,’ उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं ।’
हाल निगमलाई एक सिलिन्डर ग्यासमा २ हजार २७१ रुपैयाँ लागत परेको र त्यसमा केही नाफा खाएर बेच्दा मूल्य बढ्न सक्ने कार्यकारी निर्देशकले बताए । ‘उपसमितिले तत्कालका लागि २ थरी मूल्य र दीर्घकालका लागि परल मूल्यमै ग्याँस बिक्री गरेर राष्ट्रिय परिचय पत्रका आधारमा अनुदान दिन मिल्ने समूहलाई बैंकमा अनुदान फिर्ता दिने उल्लेख गरिएको छ ।






