काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएको ऋण लगानीमा ध्यान नपुर्याउँदा उद्योगी व्यवसायीहरु मर्कामा परेको सम्बन्धित पक्षले बताएका छन् । बुधबार बैंकहरुसंग बित्तिय समस्याका विषयमा गरिएको अन्तरकृया कार्यक्रममा बजारमा आर्थिक तरलता अभावले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह रोकिनुका साथै बैंक ब्याज बढ्दै गएको विषयमा नीतिगत समस्या रहेको सम्बन्धित पक्षले बताए ।
कार्यक्रममा उपस्थित सम्बद्धहरुले ऋणी समस्यामा पर्नुको प्रमुख कारण लगानीमा सचेत हुन नसक्नु औल्याए । नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा आयोजीत बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग स्थानीय उद्योगी व्यवसायीहरुको अन्तक्र्रियामा लगानी अभावले उद्योगधन्दा प्रभावित भएको गुनासो गरेका थिए । उनीहरुले मनपरी ब्याजबाट प्रताडित हुनुपरेको गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्जका उप–निर्देशक श्याम प्रसाद ढकालले आवश्यकता र व्यवसायको अवस्था हेरेर अहिलेपनि वाणिज्य बैंकले लगानी गरिरहेको बताए । उनले भने,‘हामीले लगानी सहि ढंगले नगरिंदा अहिलेको यो अवस्था आई लागेको हो ।’ उनले लगानी नरोकेको प्रष्ट पार्दै उपयुक्त परियोजननामा लगानी गर्न बैंकहरु तयार नै रहेको पनि जानकारी दिए ।
कार्यक्रममा यस क्षेत्रमा सञ्चालित हिमालयन बैंकका प्रवन्धक शैलेन्द्र श्रेष्ठ, नविलका शाखा प्रवन्धक ओमकार काफ्ले, नेपाल बैंक लिमिटेडका शाखा प्रवन्धक धर्मराज कोइराला, सांग्रीलाका क्षेत्रीय प्रमुख जयन्द्र खड्का लगायतले वित्तीय क्षेत्रको विद्यमान समस्याका कारण र समाधानबारे आफ्ना धारणा राखेका थिए ।
‘






