काठमाण्डौ । काठमाण्डौका मेयर बालेन्द्र शाह (बालेन) ले रातोपुलको धोबीखोलामा फोहर फाल्ने कम्पनी प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई जरिवाना स्वरुप रु २५ हजार तिराएका छन् । महानगरपालिकाले फोहर फाल्ने कम्पनीलाई आज सोमबार २५ हजार रुपैयाँ जरिबाना तिराएको मेयर बालेनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन आवश्यक भएको बताए । शाहले फोहर फालेको तस्बिर रभिडियो सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यबाद दिएका छन् । उनले आउँदा दिनमा यस्ता कार्य नदोहोर्याउन र गरेको पाइएमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन् ।







