काठमाण्डौ । आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ । सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ ।
यस्तै नेपालगञ्जको १३ हजार नौ सय ८०, सुर्खेतको १४ हजार नौ सय ९५, भद्रपुरको १२ हजार नौ सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ । सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ । यस्तो छ भाडा बृद्धिको लिस्ट







