नेपालगञ्ज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसीले सरकारद्धारा लगाईएको चर्को मूल्य बृद्धि तत्काल कम गर्न चेतावनी दिएका छन् । राप्रपाको विभिन्न भातृ संगठनहरुको आयोजनामा बिहीबार नेपालगञ्जमा प्रर्दशन गरिएको राँके जुलुसमा उननले सरकारद्धारा लगाईएको पेट्रोलियम पर्दाथको मूल्य बृद्धि तत्काल कम नगरे आन्दोलनलाई अझैं सशक्त ढंगले अघि बढाईने र सडकबाटै सरलाई खबरदारी गर्ने चेतावनी दिए ।
जति सक्दो चाँडो सबै क्षेत्रमा लगाईएको चर्को मूल्य बृद्धि कम नगरे चरमबद्ध रुपमा आन्दोलन गरिने जुलुसमा सहभागी राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले बताए । साथै उनले मूल्य बृद्धि कम नगरे राप्रपा चुप लागेर नबस्ने पनि चेतावनी दिएका थिए । नेपालगञ्ज नगर परिक्रमा गरेर धम्बोझीमा कोण सभामा परिणत गरिएको उक्त राँके जुलुसमा राप्रपाका सबै भातृ संगठनका प्रमुखहरुको सहभागीता रहनुका साथै सबैले सरकारलाई मूल्य बृद्धि कम गर्न सुझाव दिएका थिए ।
उक्त जुलुसमा राप्रपाका पुर्व मन्त्री प्रेम भण्डारी, राप्रपाका जिल्ला उपाध्यक्ष बिन्दु चर्ती मगर, राप्रपा महिला संगठन जिल्ला अध्यक्ष इन्दिरा शाही, त्यसैगरी नगर अध्यक्ष मनोज श्रेष्ठ, युवा संगठनका केन्द्रिय सदस्य सुुरत खड्का, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष शेखर शाही, युवा संगठनका जिल्ला सचिव अरुण शर्मा, लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।






