नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ुथ्री एु र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो ।
योपनि बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिए । ‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले भने ।
दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो । योपनि मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री ुएु जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
नुवाकोटको ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको विद्युत् प्राधिकरणका सुरेश बहादुर भट्टराईले उज्यालोलाई जानकारी दिए । ‘ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भयो, हामीले आयोजनाको उत्पादन बन्द गर्यौँ, दिउँसोदेखि त उनी तारमै यताउता गरिरहेका छन्, उनी त्यहाँबाट नझरेसम्म आयोजना सञ्चालन हुँदैन’ भट्टराईले भने ।
आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री ए बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको छ । देशका केही ठाउँमा लोडसेडिङ गरिएको र भारतबाट आयात बढाइएको भट्टराईले जानकारी दिए । ‘केही ठाउँमा लोडसेडिङ भइरहेको छ, केही ठाउँको लागि भारतबाट आयात बढाएका छौँ, एकजना मान्छेले गर्दा देशभरकै विद्युत् व्यवस्थापनमा गाह्रो पर्यो’ भट्टराईले भने ।






