काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो । योपनि भाषा आयोगले प्रत्येक सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा शिक्षण हुनुपर्ने बताएको छ ।
भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, ‘हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्न आवश्यक छ ।’ उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ ।
तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै अवस्थीले भने, ‘घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मातृ भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।’






