काठमाण्डौ । अन्ततः हेर्दाहेदै काठमाण्डौ महानगरपालिकाको मेयर बने बालेन्द्र शाह ऊर्फ बालेन । मेयर बन्ने बित्तिकै महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’ उनले काठमाण्डौ महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन् ।
‘काठमाण्डौ महानगर परिवारको रूपमा रहेको छ सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने । यस्तै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । ,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’






